एलआईसीको धन वृष्टि योजना ‘लोकप्रिय’ बन्यो |
काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल (एलआईसी) ले भर्खरै बजारमा ल्याएको धन वृष्टि योजनाको विक्रीमा ऐतिहासिक रेकर्ड कायम गरेको कम्पनीले जानकारी दिएको छ ।
कम्पनीले यो योजना विक्री शुरु गरेको पहिलो दिनमा ५१२२ वटा धन वृष्टि बीमालेखहरु विक्री गरी ८.५ करोड रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गर्न सफल भएको कम्पनीले बताएको छ ।
कम्पनीले पहिलो दिनमा कमसेकम देशभरीका शाखा कार्यालयबाट ५००० पोलिसीहरु विक्री गर्ने लक्ष्य राखेको थियो । यस कम्पनीले देश भरीका ७४६ अभिकर्ताहरुले धन वृष्टि बीमालेख पहिलो दिनमा विक्री गरेका थिए ।
यस बीमा योजनालाई सम्मानित बीमा समितिका अध्यक्ष चिरंजीवी चापागाँईले चैत्र २९ गते सार्वजनिक अनावरण गरेका थिए । कम्पनीका प्रमुख कार्यकारी अधिकृत एलपीदासले यो पोलिसी खरिद गर्ने सम्पूर्ण पोलिसीहाल्डरहरु, अभिकर्ताहरु र कर्मचारीहरुलाई हार्दिक धन्यवाद ज्ञापन गरे ।
कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत अभिजित घोष दस्तिदारले नेपाली बजारमा धन वृष्टि योजना अत्यन्त लोकप्रिय भएको र आउने दिनहरुमा यो योजनाको विक्री बढ्ने विश्वास व्यक्त गरे ।
धन वृष्टि योजना एक धन फिर्ता योजना हो । १३ देखि ६० बर्षसम्म उमेरका व्यक्तिहरुले बीमा लिन सक्नेछन् । न्यूनतम बीमाड्ढ रकम १ लाख रुपैयाँ कायम गरिएको छ । यो योजना १० र १५ वर्ष अवधिको लागि उपलब्ध छन् । १० वर्षे योजनामा ३ र ६ वर्षमा बीमाड्ढको ३३∕३३ प्रतिशत र १० वर्षमा बीमाड्ढको ३४ प्रतिशतका साथमा बोनस रकम एकमुष्ट प्राप्त हुन्छ ।
त्यस्तै १५ वर्षे योजनामा ३ , ६ , ९, १२ वर्षमा बीमाड्ढको १५∕१५ प्रतिशतका दरले रकम फिर्ता हुने र १५ वर्षमा ४० प्रतिशतका साथमा बोनस रकम एकमुष्ट प्राप्त हुन्छ । यो योजनामा अधिकतम् ७५ लाख रुपैयाँसम्मको दुर्घटना लाभ र स्थायी असक्तता लाभ समेत उपलब्ध छन् । साथै दई वर्षको बीमा शुल्क भुक्तानीपश्चात बिमितले कम्पनीबाट कर्जा तथा बीमा समर्पण सुविधासमेत लिन सक्नेछन् ।


