काठमाडौं । भ्रष्टाचार गरी अवैध सम्पत्ति आर्जन गरेको अभियोग लागेर विशेष अदालतद्वारा बिगो र जरिवानासहित १ वर्षको कैद सजायसमेत सुनाइएका पूर्वप्रहरी महानिरीक्षक मोतीलाल बोहराले सर्वोच्च अदालतबाट सफाइ पाएका छन् ।
काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले ग्राहकको घर तथा कार्यालयमा नै नगई मिटर रिडिङ गर्ने भएको छ । प्राधिकरणले एडभान्स मिटरिङ इन्फास्टक्चर (एएमआई) प्रविधिको प्रयोग गरेर अफिसबाटै मिटर रिडिङ गर्न सक्ने जानकारी दिएको छ ।
काठमाडौं । एक्जिम बैंक अफ चाइनाले चिनियाँ कम्पनी हुवासिनलाई ३ करोड अमेरिकी डलर (तीन अर्ब ३८ करोड रुपैयाँ) ऋण दिने सहमति जनाएको छ । धादिङमा सिमेन्ट उद्योग स्थापनाका गर्न लागेको हुवासिनले सिमेन्ट स्थापनाका लागि गरेको लगानी प्रतिवद्धतामध्ये एक्जिम बैंकबाट ऋण पाएको रकम २१.४२ प्रतिशत हुन आँउछ ।
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले गत कात्तिक २० गतेदेखि संचालनमा ल्याएको पूर्ण स्वचालित अनलाईन कारोवार प्रणालीमा देखिएको समस्या क्रमशः समाधान भएको छ । शुरुमा सो प्रणालीमा केही प्राविधिक समस्या देखिएका थिए ।
काठमाडौं । नेपाल प्रहरीका पूर्वअतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) अमरसिंह शाहले बहुउद्देश्यीय कभर्ड हल निर्माणका लागि करिब १ करोड ५० लाखबराबरको १० कट्ठा जमिन निःशुल्क दान दिएका छन् ।
मुम्बई । भारतमा आर्थिक बृद्धिदर ७.१ प्रतिशत पुगेको शुक्रबार सार्वजनिक भएको तथ्याङ्कले देखाएको छ । केन्द्रीय तथ्याङ्क कार्यालयले दिएको विवरण अनुसार चालु आर्थिक बर्षको अघिल्लो त्रैमासिकभन्दा जुलाईदेखि सेप्टेम्बरसम्मको त्रैमासिकमा कुल ग्राहस्थ उत्पादन (जिडिपी) ८.२ प्रतिशतले वृद्धि भएको छ ।