काठमाडौं । हिमालयन बैंक लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा १ अर्ब १६ करोड रुपैयाँ खुँद नाफा कमाएको छ । यो बैंकले कमाएको यस्तो नाफा गत वर्षको सोही अवधिको करिब ६ करोड रुपैयाँले मात्रै बढेको छ । यो बैंकले गत वर्षको सोही अवधिमा १ अर्ब १० करोड रुपैयाँ नाफा कमाएको थियो ।