काठमाडौं । नेपालको निजी दूरसंचार सेवाप्रदायक कम्पनी एनसेलले अब सर्वसाधारणलाई सेयर जारी गर्ने भएको छ । कम्पनीले अब कम्पनी रजिष्ट्रार कार्यालयबाट पब्लिक कम्पनीको रुपमा कारोबार गर्ने अनुमति लिएसँगै सर्वसाधारणलाई सेयर जारी गर्ने भएको हो ।
काठमाडौं । काठमाडौं उपत्यकाका चारवटै यातायात व्यवस्था कार्यालयले आइतबारदेखि चालक अनुमतिपत्र (लाइसेन्स) वितरण कार्य रोकेका छन् । सेवाग्राहीको अत्यधिक भीडका कारण कार्यालयले तत्कालका लागि सेवा स्थगित गरेको जनाएका हुन् ।
मंगलबार लेबनानको राजधानी बेरूतमा भएको भयानक विष्फोटमा हालसम्म १०० जना मारिएका छन् । अत्यधिक विस्फोटक पदार्थ भण्डारण गरेर राखिएको एक गोदाममा विस्फोट हुँदा करिब ४ हजार बढी मानिस घाइते भएको बिबिसीले जनाएको छ ।
काठमाडौं । अब सरकारी कर्मचारीहरुको निːशुल्क कोरोना बीमा हुने भएको छ । बीमा समितिले सरकारी कर्मचारीहरुलाई निːशुल्क कोरोना बीमा गर्ने कार्यक्रम थालेको हो ।
काठमाडौं । कपनको केयर बाल गृहबाट बुधबार राष्ट्रिय बालअधिकार परिषदले त्यहाँका ११ जना बालिकाको उद्धार गरेको छ । कपनको चउरमा बालिका भेटिएको भन्दै झूटो प्रचार गरेको खुलेपछि परिषदकाक कर्मचारी सो बालगृह निरिक्षणका लागि पुगेका थिए ।
काठमाडौं । लकडाउन खुलेपछिको ९ महिनामा उद्योग∕व्यवसाय सामान्य अवस्थामा फर्किने राष्ट्र बैंकको सर्वेक्षणले देखाएको छ । बैंकले ५२ जिल्लाका ६७४ उद्योगी व्यवसायीलाई सहभागी गराएर यो सर्वे गरिएको स्पष्ट पारेको छ ।
काठमाडौं । एनआइसी एशिया बैंकले ‘सुपर चमत्कारिक कर्जा’बाट कर्जाको ब्याज तथा किस्ता रकममा पाउन सकिने मासिक तथा वार्षिक फाइदाहरू ‘लोन वेनिफिट क्याल्कुलेटर’बाट हेर्न सकिने व्यवस्था गरेको छ ।