काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सको निमित्त प्रमुख कार्यकारी अधिकृतमा होमबहादुर श्रेष्ठ नियुक्त भएका छन् । कम्पनी सञ्चालक समितिको बैठकले मंगलबार इन्स्योरेन्सको नायव प्रमुख कार्यकारी अधिकृत श्रेष्ठलाई सो पदमा नियुक्त गरेको हो ।
काठमाडौं । नबिल बैंकको नायव महाप्रबन्धक (डिजिएम) पदमा मनोज ज्ञवाली नियुक्त भएका छन् । ज्ञवालीले सीएफओको कार्यभार सम्हाल्ने गरी नबिल बैंकको डिजिएममा नियुक्त भएका हुन् ।
काठमाडौं । सरकारले राति ९ बजेदेखि बिहान ५ बजेसम्म हिँडडुलमा रोक लगाएको छ । कोरोना भाइरसको बढ्दो संक्रमणलाई लक्षित गरेर बिहीवारदेखि लागू हुने गरी यो निर्णय गरिएको गृह मन्त्रालयले जनाएको छ ।
काठमाडौं । सरकारले भोलि बिहीवारदेखि निजी तथा सार्वजनिक सवारी साधनमा जोर विजोर प्रणाली लागू गरेको छ । कोरोना भाइरस (कोभिड–१९) को जोखिम बढेसँगै जोर विजोर लागू गरिएको गृह मन्त्रालयका प्रवक्ता सहसचिव चक्रबहादुर बुढाले जानकारी दिए ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतको उत्तरी क्षेत्रमा रहेको सहर अयोध्यामा राम मन्दिर निर्माणको लागि शिलान्यास गरेका छन् । बुधबार चाँदीको इँटा राखेर मोदीले मन्दिरको शिलान्यास गरेका हुन् ।
काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट नेपालमा अहिलेसम्मकै धेरै एकैदिन पाँच जनाको मृत्यु भएको छ । पर्सा र मोरङमा दुई–दुई जना र काठमाडौंमा एक जनाको मृत्यु भएको हो ।