काठमाडौं । सरकारले पेट्रोलियम पदार्थको मूल्य भारी दरमा बढाएको छ । बिहीबार बसेको नेपाल आयल निगम सञ्चालक समितिको बैठकले डिजल, पेट्रोल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रुपैयाँले बढाउने निर्णय गरेको छ ।
काठमाडौं । नेपाल कृषि सहकारी केन्द्रीय संघका अध्यक्ष खेम बहादुर पाठकले किसानहरुका लागि आवश्यक मल, बीउ तत्काल उपलब्ध गराउन कृषि तथा पशुपन्छि विकास मन्त्री महेन्द्र राय यादवको ध्यानाकर्षण गराएका छन् ।
काठमाडौं । सहकारी विभागका रजिष्ट्रार रुद्रप्रसाद पण्डितले सहकारीहरुको सन्दर्भ ब्याजदर चार∕चार महिनामा पुनरावलोकन गर्ने तयारी भइरहेको बताएका छन् । बुधबार नेपाल सहकारी पत्रकार समाज (सिजेएन) र सहकारी विभागको संयुक्त आयोजनामा भएको ‘एकिकृत निर्देशन विषयक’ छलफल कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
काठमाडौं । पेट्रोलियम क्षेत्रका तीन वस्तुगत संगठनले इन्धन आपूर्ति, ढुवानी र वितरणका क्षेत्रमा देखिएका समस्या सम्बोधनका लागि सामूहिक दबाब अभियान सुरु गरेका छन् ।
काठमाडौं । अर्थ मन्त्रालयले धितो बोर्ड र नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) को नवनियुक्त प्रमुखहरूलाई स्वागत कार्यक्रम गरी बधाई दिदै पुँजीबजार सुधारका लागि विभिन्न निर्देशन दिइएको छ ।
काठमाडौं । काठमाडौँ ट्रिनालेद्वारा त्रैवार्षिक रूपमा आयोजित हुने चौथौँ काठमाडौँ ट्रिनाल २०७७ अन्र्तराष्ट्रिय कला प्रदर्शनीका लागि काठमाडौँ ट्रिनाले र बर्जर पेन्टस् नेपालबीच साझेदारी भएको छ ।
काठमाडौं । ‘आइएमई पे’ले यती एयरलाइन्ससँगको समन्वयमा नयाँ अफर ल्याएको छ । आइएमई पे एपका प्रयोगकर्ताले फागुन १२ देखि २ महिनासम्म एयरलाइन्सको टिकट आइएमई पे एपमार्फत खरिद गर्दा लक्की ड्रबाट नेपालका विभिन्न गन्तव्यहरूका लागि निःशुल्क उडान टिकट पाउनेछन् ।