काठमाडौं । भुक्तानी प्रणाली सञ्चालक फोन पे पेमेन्ट सर्भिस लिमिटेडमा बैंकर सिद्धान्त ठकुरी नियुक्त भएका छन् । नवनियुक्त ठकुरीलाई एफवान सफ्ट ग्रुपका अध्यक्ष विश्वास ढकालले स्वागत गरेका हुन् ।
काठमाडौं । सानिमा बैंक लिमिटेडले काभ्रेको पाँचखाल, तामाघाटमा बैंक शाखा स्थापना गरी बैंकिङ्ग सेवा विस्तार गरेको छ। उक्त शाखा कार्यालयको उद्घाटन पाँचखाल नगरपालिकाका मेयर महेश खरेलले एक कार्यक्रमका बीच गरे।
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सार्क फाइनान्स ई–न्यूजलेटर भोलुम–२, २०२२ सार्वजनिक गरेका छन् । सोमबार आयोजित एक कार्यक्रमका बीच गभर्नर अधिकारीले उक्त न्यूजलेटर सार्वजनिक गरेका हुन् ।
काठमाडौं । एनएमबि बैंक लिमिटेडले जावलाखेल स्थित सोवा हेल्थकेयर सेन्टर उपचारको लागी आएका व्यक्ति तथा कर्मचारीहरुलाई सहज होस भन्ने उद्धेश्यले द्विपक्षीय समझदारी गरेको छ ।
भारतीय बजार नियामक निकायमा पहिलो पटक महिला अध्यक्ष भएकी छिन् । भारतको अर्थ मन्त्रालयले सेबीको अध्यक्षमा माधवी पुरी बुचलाई नियुक्त गरेको छ । सुरुवातमा तीन वर्ष कार्यकालका लागि उनको नियुक्त गरिएको हो ।
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले प्रतिनिधिसभाको आइतबार सम्पन्न बैठकबाट नेपाल सरकार अर्थमन्त्रालय र अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बीचको सम्झौता अनुमोदन गरेकोमा स्वागत गरेको छ ।
काठमाडौं । स्वतन्त्र उर्जा उत्पादक सँघ (इपान)ले विद्युत खरिद बिक्री सम्झौता खुलाउन माग गरेको छ। इपानले नेपाल विद्युत प्रधिकरणलाई पत्र लेख्दै पिपिए खुलाउन माग गरेको हो।