आन्तरिक रेमिट्यान्सको सीमा घट्यो, एकदिनमा २५ हजारमात्रै पठाउन सकिने |
काठमाडौं । नेपाल राष्ट्र बैंकले आन्तरिक रेमिट्यान्स कारोबारको सीमा घटाएको छ ।
राष्ट्र बैंकले प्रतिदिन एक जना व्यक्तिले २५ हजार रुपैयाँमात्रै पठाउन सकिने व्यवस्था गरेको हो । यसअघि नेपालभर १ लाख रुपैयाँसम्म कारोबार गर्न पाइने व्यवस्था थियो ।
यो व्यवस्था बुधबारदेखि नै कार्यान्वयनका लागि रेमिट्यान्स कम्पनीहरुलाई निर्देशन दिइएको राष्ट्र बैंकले बताएको छ ।


