किसानलाई तत्काल सर्वसुलभ तरिकाले रासायनिक मल उपलब्ध गराउन माग |
काठमाडौं । नेपाल कृषि सहकारी केन्द्रीय संघका अध्यक्ष खेम बहादुर पाठकले किसानहरुका लागि आवश्यक मल, बीउ तत्काल उपलब्ध गराउन कृषि तथा पशुपन्छि विकास मन्त्री महेन्द्र राय यादवको ध्यानाकर्षण गराएका छन् ।
‘उनले भारत सरकारसंग मल ल्याउने विषयमा एक चरणको सहमति र सम्झौता भईसकेको स्मरण गराउँदै सहकारी संस्था र सदस्य किसानहरुलाई विगतमा जस्तै सहज रुपमा मल पाउने व्यवस्था गर्ने विश्वास दिलाएका छन्’ ।
मन्त्रालयमा एक समारोहकाबीच नेपाल भर रहेका कृषि सहकारीहरुको तर्फबाट ध्यानाकर्षण गराउँदै अध्यक्ष पाठकले किसानहरुलाई यस अघि सहकारीले मल,बीउ उपलब्ध गराउँदै आएकोमा अहिले सरकारकै कारण सहकारीले मल वितरण गर्न नसकेको प्रति ध्यानाकर्षण गराएका हुन ।
उनले सहकारीले मल, बीउ दिन नसक्नुको कारण अरुनै भएपनि केही समुहले सहकारीका कारण मल, बीउ उपलब्ध हुन सकेन भनेर प्रचार गरेको प्रति सरकारको ध्यानाकर्षण गराएका छन् । अध्यक्ष पाठकले सहकारी संस्थाका कारण मल, बीउ उपलब्ध नभएको नभई अहिले देशमै मल बीउको समस्या रहेको बुझ्दा बुझ्दै पनि सहकारी र सदस्य किसानहरुलाई हतोत्साहित बनाउने काम भएको प्रति मन्त्रीको ध्यानाकर्षण गराएका थिए ।
जवाफमा मन्त्री यादवले अहिले देशकै समस्याका रुपमा रहेको मल, बीउ प्रदान गर्ने विषयमा सरकार गम्भिर रहेको बताए । उनले निकट भविष्यमै मल र बीउको उपलब्धता बढ्ने भन्दै सरकारले जतिसक्दो छिटो किसानहरुका माग सम्बोधन गर्ने बताए ।
उनले भारत सरकारसंग मल ल्याउने विषयमा एक चरणको सहमति र सम्झौता भईसकेको स्मरण गराउँदै सहकारी संस्था र सदस्य किसानहरुलाई विगतमा जस्तै सहज रुपमा मल पाउने व्यवस्था गर्ने विश्वास दिलाएका छन् ।
मन्त्री यादवले लामो समयदेखी नेपालमा रहेको मलको समस्या अब सधैका लागि समाधान गर्ने तयारीकासाथ आफुहरु अगाडि बढेको भन्दै किसानहरुलाई कसैको डर, धम्की र प्रभावमा नपर्न पनि अनुरोध गरेका छन् ।
मल, बीउको समस्याका बारेमा आफु जानकार रहेपनि तराई क्षेत्रमा रहेका साना किसान कृषि सहकारी संस्थाहरुलाई विभिन्न समुहले यसै विषयलाई लिएर दिएको दवावका बारेमा आफुलाई जानकारी गराएकोमा केन्द्रीय संघलाई धन्यवाद दिए ।
उनले यस मलको उपलब्धतासंगै किसानहरुलाई प्रभावित पोर्ने, हतोत्साहित बनाउनेहरुलाई पहिचान गरि सचेत गराउने समेत बताए । मन्त्री यादवले मल नपाउनुमा सहकारी संस्थाहरुको भूमिका नरहने भन्दै यो राष्ट्रिय समस्याको विषय भएका कारण राज्यले यस्ता समस्याको समाधान गर्दै अगाडि बढ्ने बताए ।
मन्त्रीसंगको भेटमा केन्द्रीय संघका अध्यक्ष पाठकले इजरायलबाट फर्केका युवाहरुलाई कृषिमा लाग्न सरकारी तवरबाट साथ सहयोग आवश्यक रहेको बारे जानकारी गराएका थिए । यस विषयमा पनि मन्त्रीले कृषि तथा पशुजन्य उत्पादनमा लाग्ने युवा किसानहरुलाई सरकारले साथ सहयोग प्रदान गर्ने विश्वास दिलाएका थिए ।
मन्त्रीसंगको भेटमा केन्द्रीय संघका अध्यक्ष पाठकले इजरायलबाट फर्केका युवाहरुलाई कृषिमा लाग्न सरकारी तवरबाट साथ सहयोग आवश्यक रहेको बारे जानकारी गराएका थिए । यस विषयमा पनि मन्त्रीले कृषि तथा पशुजन्य उत्पादनमा लाग्ने युवा किसानहरुलाई सरकारले साथ सहयोग प्रदान गर्ने विश्वास दिलाएका थिए ।
उनले उत्पादनमा लागेका र लाग्ने स्पष्ट परियोजना भएका साना किसानहरुलाई सरकारले साथ सहयोग प्रदान गर्ने भन्दै इजरायलबाट फर्केर केही गर्न चाहने युवाहरुलाई सरकारको तर्फबाट पूर्ण सहयोग हुने बताए । सरकार कृषि र पशुजन्य उत्पादनको पक्षमा छ उनले भने, उत्पादनमा लाग्ने इजरायलबाट फेर्केका युवाहरुको लिष्ट बनाउनुस के आवश्यक छ सहयोग गरौंला ।
मन्त्री यादवलाई केन्द्रीय अध्यक्ष पाठले इजरायलबाट फर्केका युवाहरुले गरिरहेको काम र उपलब्धीका बारेमा जानकारी गराएका थिए । सरकार कृषि क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेर अगाडि बढिरहेको स्मरण गरउँदै मन्त्री यादवले आफुहरु कृषि क्षेत्रमा लागेर राम्रो गर्नेहरुलाई सहयोग गर्न सधै तयार रहेको स्पष्ट पारेका थिए ।


