कामना सेवा विकास बैंकद्वारा भानु माध्यमिक विद्यालयका विद्यार्थीलाई छात्रवृत्ति प्रदान
काठमाडौँ । कामना सेवा विकास बैंकले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत रानीपोखरीस्थित भानु माध्यमिक विद्यालय (दरबार हाई स्कूल)का विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गरेको छ ।
बैंकले विद्यालयको १७२ औँ स्थापना दिवस तथा अभिभावक दिवसको अवसरमा आर्थिक अभावमा रहेका विपन्न तथा असाहाय विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको हो।
विद्यालयमा करिब १,१०० भन्दा बढी विद्यार्थी अध्ययनरत रहेका छन्। बैंकले विद्यालयको वार्षिकोत्सवको अवसरमा गरिब विद्यार्थीको पठनपाठनमा सहजता ल्याउने उद्देश्यले छात्रवृत्ति प्रदान गरेको हो।
छात्रवृत्ति बैंकका मार्केटिङ विभाग प्रमुख पर्मा ढुङ्गेलले विद्यालयका प्रधानाध्यापक शारदा कुमारी पौडेललाई हस्तान्तरण गरेकी थिइन् । कार्यक्रममा बोल्दै प्रधानाध्यापक पौडेलले छात्रवृत्ति रकम प्रदान गरेर विद्यार्थीहरूको हौसला बढाइदिएको भन्दै बैंक परिवारप्रति धन्यवाद व्यक्त गरिन् ।
सो अवसरमा विभाग प्रमुख ढुङ्गेलले भनिन् “हामी शिक्षा क्षेत्रमा निरन्तर योगदान दिँदै आएका छौँ र आगामी दिनमा पनि यस्ता सामाजिक कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता छ।”
कार्यक्रममा विद्यालय व्यवस्थापन संघका अध्यक्ष, प्रधानाध्यापक, शिक्षकरशिक्षिका, अभिभावक तथा बैंकका प्रतिनिधिहरू उपस्थित थिए। बैंकले आगामी दिनहरूमा पनि सरोकारवालासँग सहकार्य गर्दै यस्ता सामाजिक कार्यक्रमलाई निरन्तरता दिने योजना रहेको जनाएको छ।



