हकप्रद शेयर निष्काशन गर्न सुपरमाई हाइड्रोपावरले पायो पूर्व स्वीकृती
काठमाडौं । सुपरमाई हाइड्रोपावरले विद्युत नियमन आयोगबाट हकप्रद शेयर ल्याउन पूर्वस्वीकृति प्राप्त गरेको छ।
आयोगले असोज २३ गते सुपरमाई हाइड्रोपावरलाई हकप्रद शेयर जारी गर्न पूर्वस्वीकृति प्रदान गरेको हो। आयोगले कम्पनीलाई १ः०९२५२ को अनुपात अर्थात चुक्तापुँजीको ९२.५२ प्रतिशत हकप्रद शेयर जारी गर्न पूर्वस्वीकृति प्रदान गरेको छ।
हाल कम्पनीको चुक्तापुँजी ६४ करोड २० लाख रुपैयाँ रहेको छ। कम्पनीले ५९ करोड ४० लाख रुपैयाँबराबरको हकप्रद शेयर जारी गर्न पूर्वस्वीकृति प्राप्त गरेको छ।
अब कम्पनीले हकप्रद शेयर जारी गर्न थप प्रक्रिया अगाडि बढाउनेछ।



