सामसङ नेपालद्वारा बाढी प्रभावित क्षेत्रका बासिन्दाहरूका लागि विशेष मर्मत सेवा अभियानको घोषणा
काठमाडौँ । सामसङ नेपालले हालै नेपालका विभिन्न भागमा गएको भीषण बाढीबाट प्रभावित समुदायहरूलाई सहयोग गर्न एक विशेष मर्मत सेवा अभियान (Special Repair Service Initiative) को घोषणा गरेको छ। बाढीपीडित परिवार र समुदायहरू बिस्तारै सामान्य जीवनमा फर्कन थालेका बेला, मर्मत तथा नयाँ सामान फेर्दा लाग्ने आर्थिक भारलाई कम गर्दै अत्यावश्यक मोबाइल फोन र घरायसी सामानहरू पुनः सञ्चालनमा ल्याउन सहयोग गर्नु यस अभियानको मुख्य उद्देश्य रहेको छ।
यस अभियानअन्तर्गत सामसङ नेपालले नारायणघाट सर्भिस सेन्टर र ताम्राकार सर्भिस सेन्टर पाकोमा विशेष मर्मत सेवा केन्द्र सञ्चालन गरी सामसङका विभिन्न उत्पादनहरूका लागि मर्मत सुविधा प्रदान गरिरहेको छ। घरायसी सामानहरू (Consumer Electronics) का लागि घरमै पुगेर सेवा दिने (on-site visit) व्यवस्था गरिएको छ। यस अभियानमा मोबाइल उपकरणहरू (स्मार्टफोन र ट्याब्लेट) का साथै फ्रिज, वासिङ मेसिन, टेलिभिजन र अन्य योग्य घरायसी सामानहरू समावेश छन्।
यो सेवा क्याम्प नेपाल सरकारले विपद् संकटग्रस्त घोषणा गरेका १५ वटा स्थानीय तहका बाढी प्रभावित क्षेत्र तथा वरपरका जिल्लाहरू (जस्तै: रसुवा, नुवाकोट, धादिङ, चितवन, गोर्खा र तनहुँ) का लागि ल्याइएको हो।
घरायसी सामानहरू (Consumer Electronics Products)
छनोट भएका सामसङका घरायसी सामानहरूमा पाइने छुट र सुविधाहरू यस प्रकार छन्:
सामानको उमेर / वारेन्टी | मर्मतमा छुट | नयाँ फेर्न परेमा सहयोग |
वारेन्टी बाँकी भएको (In Warranty) | १००% | १००% |
१ – २ वर्ष पुरानो | ८०% | ८०% |
२ – ५ + वर्ष पुरानो | ७०% सम्म छुट | ७०% सम्म छुट |
मोबाइल सामानहरू (Mobile Products)
स्मार्टफोन र ट्याब्लेटसहितका छनोट भएका सामसङ मोबाइल उपकरणहरूमा पाइने छुट र सुविधाहरू यस प्रकार छन्:
सामानको उमेर / वारेन्टी | मर्मतमा छुट | नयाँ फेर्न परेमा सहयोग |
वारेन्टी बाँकी भएको (In Warranty) | १००% | १००% |
१ – २ वर्ष पुरानो | ८०% | ८०% |
२ – ४ वर्ष पुरानो | ७०% सम्म छुट | ७०% सम्म छुट |
दि सामानका नयाँ पार्टपुर्जा, मर्मत ज्याला र ढुवानी खर्च जोड्दा उक्त सामानको कुल बजार मूल्य (Recommended Retail Price) को ८०% भन्दा बढी हुन पुगेमा, मर्मत गर्नुको साटो नयाँ सामान उपलब्ध गराउने विषयमा विचार गर्न सकिनेछ।
नारायणघाट सर्भिस सेन्टर र पाको ताम्राकारमा सहज सेवा केन्द्रहरू
यो विशेष मर्मत सेवा अभियान अक्टोबर २, २०२६ देखि नोभेम्बर २, २०२६ सम्म नारायणघाट सर्भिस सेन्टर र पाको ताम्राकारमा विशेष सर्भिस क्याम्पका रूपमा सञ्चालन भइरहेको छ।
यी स्थानहरूलाई प्रमुख सेवा केन्द्रका रूपमा स्थापना गरेर, सामसङले बाढी प्रभावित जिल्ला र वरपरका क्षेत्रका ग्राहकहरूलाई सेवामा सहज पहुँच पुर्याउने लक्ष्य राखेको छ। योग्य सामसङ स्मार्टफोन र ट्याब्लेट भएका ग्राहकहरूले जाँच तथा मर्मत सहायताका लागि आफ्ना उपकरणहरू सिधै तोकिएका सर्भिस क्याम्पमा ल्याउन सक्नुहुनेछ।



