नयाँ पुस्ताको ब्याट्री प्रविधिसहित प्रोटोन इमास ७ नेपाली बजारमा लोकप्रिय
काठमाडौँ । प्रोटोन नेपालअन्तर्गतको फुल साइज इलेक्ट्रिक एसयूभी इमास ७ ले नेपाली बजारमा उल्लेखनीय लोकप्रियता हासिल गरेको छ । मलेसियाको नम्बर वान इलेक्ट्रिक सवारी साधनका रूपमा परिचित इमास ७, प्रोटोनको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.मार्फत नेपालमा उपलब्ध छ ।
इमास ७ को प्रमुख विशेषता यसमा जडान गरिएको एइजिस सर्ट ब्लेड ब्याट्री हो । यो अत्याधुनिक ब्लेड टाइप लिथियम आयरन फस्फेट ब्याट्री प्रविधिमा आधारित रहेको छ । नयाँ पुस्ताको यस ब्याट्रीले उच्च ऊर्जा घनत्व प्रदान गर्दै लामो ड्राइभिङ रेन्ज सुनिश्चित गर्नुका साथै यसको लामो साइकिल लाइफले दीर्घकालीन टिकाउपन र स्थिर प्रदर्शन सुनिश्चित गर्ने कम्पनीको दाबी छ ।
उक्त ब्याट्रीले उच्च चार्जिङ दक्षता प्रदान गर्दै ३० प्रतिशतदेखि ८० प्रतिशतसम्मको चार्ज केवल २० मिनेटमै गर्न सक्ने क्षमता राख्दछ, जसले चार्जिङ समयलाई उल्लेखनीय रूपमा घटाएको छ । सुरक्षालाई प्राथमिकतामा राखेर डिजाइन गरिएको यस ब्याट्रीमा आगो प्रतिरोधी संरचना रहेको छ, जसले चालक र यात्रु दुवैको सुरक्षालाई थप बलियो बनाएको छ ।
ब्याट्रीको स्मार्ट लेआउटका कारण इन्टेरियर क्याबिन स्पेस अधिकतम बनाइएको छ भने प्रदर्शनमा कुनै सम्झौता गरिएको छैन ।
छिटो चार्जिङ क्षमतासँगै, न्यू युरोपियन ड्राइभिङ साइकल प्रमाणित ४९२ तथा ५८५ किलोमिटरसम्मको ड्राइभिङ रेन्ज उपलब्ध गराउने इमास ७ दैनिक शहरी आवागमनदेखि लामो दूरीको यात्राका लागि उपयुक्त रहेको बताइएको छ ।
इमास ७ को बजार प्रवेशसँगै प्रोटोन नेपालले नेपाली उपभोक्ताको आवश्यकतालाई ध्यानमा राख्दै आधुनिक, सुरक्षित तथा दिगो इलेक्ट्रिक मोबिलिटी समाधान प्रदान गर्ने आफ्नो प्रतिबद्धतालाई पुनः पुष्टि गरेको छ ।



