काठमाडौं । पाँच वर्षदेखि बन्द रहेको जयनगर–जनकपुर रेलसेवा दुई महिनाभित्र ब्रोडगेजमा सञ्चालनमा आउने भएको छ । भारत सरकारको आर्थिक सहयोगमा न्यारोगेजलाई ब्रोडगेजमा स्तरोन्नति गर्न पाँच वर्षअघि रेलसेवा बन्द गरिएको हो ।
काठमाडौं । निजी क्षेत्रको वायुसेवा कम्पनी बुद्ध एयरले अन्तरराष्ट्रिय उडान गर्न छुट्टै कम्पनी स्थापना गरी ३० प्रतिशत मात्रै लगानी गर्ने र बाँकी ७० प्रतिशत सेयर सर्वसाधारणलाई दिने घोषणा गरेको छ ।
काठमाडौं । साझा यातायात र अनलाइनबाट बस टिकट काट्ने सुविधा प्रदान गर्दै आएको बससेवा डटकमबीच अनलाइन टिकेटिङ सम्झौता भएको छ । सम्झौतासँगै अवदेखि यात्रुहरूले साझा यातायातका टिकट अनलाइनबाटै काट्न सक्नेछन् ।
काठमाडौं । ६ वर्षअघि निर्माण सुरु भएको विराटनगर बथनाह रेल्वे खण्डमा रेल संचालन हुने सम्भावना बढेर गएको छ । सो खण्डमा परीक्षणका लागि रेलको इन्जिन ल्याइने भएको छ ।
काठमाडौँ । एशियाली विकास बैंकले पूर्वपश्चिम राजमार्गको सुधारका लागि ऋण सहयोग उपलब्ध गराउने भएको छ । बैंकले करीव २० अर्व ७० करोड ऋण उपलब्ध गराउने भएको हो ।
काठमाडौं । दशैंमा घर जाने यात्रुहरु लाई सजिलो होस् भनेर असोज २४ गते घटस्थापनाको दिनदेखि ३१ गते महाअष्टमीको दिनसम्म सार्वजनिक सवारीको लागि रुट परमिट खुला गरिएको छ ।