काठमाडौं । एनएमबि क्यापिटल लिमिटेडले साउन २६ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड २ नामक म्युचुअल फण्डमा आवेदन दिने मिति लम्बिएको छ। सो म्युचुअल फण्डमा अब भदौ ९ गतेसम्म आवेदन दिन सकिने भएको छ।
काठमाडौं । नारायणी डेभलपमेन्ट बैंक शतप्रतिशत हकप्रद शेयर जारी गर्ने भएको छ। बैंकले १ः १ को अनुपातमा आफ्ना शेयरधनीहरुलाई २६ लाख २४ हजार ६७६ कित्ता हकप्रद शेयर निष्कासन गर्नको लागि ग्लोबल आइएमई क्यापिटललाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।
काठमाडौं । सोमवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले दुई म्युचुअल फण्डहरूको इकाई मूल्य समायोजन गरेको छ । नेप्सेले एनएमबि हाइब्रिड फण्ड एल–१ र एनएमबि फिफ्टीको इकाई मूल्य समायोजन गरेको हो ।
काठमाडौं । चिलिमे हाइड्रोपावर कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । यस अवधिसम्म कम्पनीको नाफा १४.९३% ले बढेर ७६ करोड ७८ लाख ८६ हजार रुपैयाँमा पुगेको छ ।
काठमाडौं । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार कम्पनीको नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ।
काठमाडौं । खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडले भदौ ८ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ। लघुवित्तले जारी पूँजी, ४ करोड रुपैयाँको ३३ प्रतिशत आईपीओ निष्काशन गर्न लागेको हो।
काठमाडौं । गत आर्थिक वर्षमा नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम) को नाफा १७.५४ प्रतिशतले वृद्धि भएको छ । आर्थिक वर्ष २०७७/७८ मा ७ अर्ब १२ करोड ९४ लाख ४१ हजार नाफा कमाएको टेलिकमको नाफा गत आव २०७८/७९ मा ८ अर्ब ३८ करोड ८९ हजार पुगेको छ ।
काठमाडौं । शिवम् सिमेन्ट्स लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार कम्पनीको नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको छ।