काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्थाले आफ्नो भुक्तानी सम्बन्धी कारोबारहरुलाई नेपाल क्लियरिङ्ग हाउसको भुक्तानी प्रणालीहरु प्रयोग गरी डिजिटल माध्यमबाट भुक्तानी गर्न सक्ने व्यवस्था लागू गर्न दुई संस्थाबीच औपचारिक कार्यक्रममा सम्झौता भएको छ ।
काठमाडौं । एभरेष्ट बैंकको ऋणपत्र भर्ने आज (भदौ १ गते) अन्तिम दिन हो । आज कार्यालय समयसम्म मात्र यसमा आवेदन दिन सकिनेछ । बैंकले साउन १८ गतेबाट २० लाख युनिट (इकाई) ऋणपत्र बिक्री खुला गरेको हो ।
काठमाडौं । एनएलजी इन्सुरेन्सको खुद नाफा १४.०४% ले बढेर गत आर्थिक वर्षको चौथो त्रैमासमा २३ करोड ४५ लाख ३२ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यसको नाफा २० करोड ५६ लाख रुपैयाँ रहेको थियो ।
काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालले गत आर्थिक वर्षको चाैथाे त्रैमाससम्ममा १८ अर्ब १३ करोड ९८ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । यो अघिल्लो आर्थिक वर्षको यहि अवधिको तुलनामा ६.४० प्रतिशतले मात्रै बढी हो ।
काठमाडौं । नेको इन्सुरेन्सले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा ५५ करोड १ लाख २८ हजार रुपैयाँ खुद नाफा कमाएको छ । खुद नाफा अघिल्लो वर्षको तुलनामा ९.०३% ले धेरै हो ।
काठमाडौं । राष्ट्रिय बीमा कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा ४७ करोड ३४ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो आर्थिक वर्षको यहि अवधिको तुलानामा ३१.४१ प्रतिशतले बढी हो ।
काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा ४ अर्ब ६१ करोड ३१ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । यो अघिल्लो आर्थिक वर्षको यहि अवधिको तुलनामा १५.७९ प्रतिशतले धेरै हो ।
काठमाडौं । रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडले असार १३ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने आज (साउन ३१ गते) अन्तिम दिन रहेको छ।