चिलिमे हाइड्रोपावरको नाफा १४.९३% ले बढ्यो |
काठमाडौं । चिलिमे हाइड्रोपावर कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । यस अवधिसम्म कम्पनीको नाफा १४.९३% ले बढेर ७६ करोड ७८ लाख ८६ हजार रुपैयाँमा पुगेको छ ।
अघिल्लो वर्षको यसैअवधिमा कम्पनीले ६६ करोड ८१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । एक वर्षको अवधिमा विद्युत् बिक्रीबाट हुने आम्दानी १ अर्ब १२ करोड ८० लाख रुपैयाँबाट बढेर १ अर्ब १८ करोड १७ लाख रुपैयाँ पुगेको छ । यसअवधिमा विद्युत बिक्री आम्दानी ४.७६% ले वृद्धि भएको छ ।
विद्युत बिक्रीबाट हुने आम्दानी बढ्नाले नाफामा पनि सुधार भएको हो। साथै, फाइनान्सियल आम्दानी १६ करोड २५ लाखबाट बढेर १९ करोड ५४ लाख रुपैयाँ पुगेको छ । चिलिमेको चुक्ता पुँजी ६ अर्ब ७५ करोड १७ लाख रुपैयाँ रहेको छ।
रिटेन अर्नीङमा ३ अर्ब ६४ करोड २१ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष यसको रिटेन अर्निङ ३ अर्ब ८२ करोड ४० लाख रुपैयाँ रहेको थियो। असार मसान्तसम्म आइपुग्दा प्रतिसेयर आम्दानी ११ रुपैयाँ २६ पैसा कायम भएको छ। अघिल्लो वर्ष १० रुपैयाँ ५३ पैसा रहेको थियो । यसको प्रतिसेयर नेटवर्थ १५३ रुपैयाँ ९४ पैसा छ ।



