एनएलजी इन्सुरेन्सको मुनाफा र खुद बिमा शुल्क दुवै बढ्यो |
काठमाडौं । एनएलजी इन्सुरेन्सको खुद नाफा १४.०४% ले बढेर गत आर्थिक वर्षको चौथो त्रैमासमा २३ करोड ४५ लाख ३२ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यसको नाफा २० करोड ५६ लाख रुपैयाँ रहेको थियो ।
लगानी कर्जा तथा अन्य आयबाट हुने आम्दानी घटेको छ । तर नोक्सानी व्यवस्था अघिल्लो वर्षको भन्दा कम गर्नु परेकोले यसको नाफामा वृद्धिमा सहयोग पुगेको हो ।
यस इन्सुरेन्सको खुद बिमा शुल्क आम्दानी ३.३८% ले बढेर असार मसान्तसम्म ७१ करोड ९ लाख ६६ हजार रुपैयाँ पुगेको छ । एनएलजीको चुक्ता पुँजी १ अर्ब ३२ करोड ६६ लाख रुपैयाँ पुगेको छ । यसको रिजर्भ भने २६.६३% ले घटेर ३१ करोड ११ लाख रुपैयाँमा सीमित भएको छ ।
बिमा कोषमा १ अर्ब १४ करोड रुपैयाँ जम्मा रहेको छ । वित्तीय विवरण अनुसार प्रतिसेयर आम्दानी १७ रुपैयाँ ६८ पैसा र प्रतिसेयर नेटवर्थ २१३ रुपैयाँ ४३ पैसा रहेको छ ।


