काठमाडौं । बुधबार कुल ८ हजार ४५४ जनामा कोभिड १९ संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा बताइए अनुसार २४ घण्टामा भएको १३,५४९ पीसीआर परीक्षण गर्दा ५,५७१ जनामा संक्रमण पुष्टि भएको हो।
काठमाडौं । नेपालको जनगणना २ करोड ९१ लाख ९२ हजार ४८० पुगेको केन्द्रीय तथ्यांक विभागले जनाएको छ । महिलाको संख्या १ करोड ४९ लाख १ हजार १६९ र पुरुष १ करोड ४२ लाख ९१ हजार ३११ छ ।
काठमाडौं । ३२ वटा जिल्लामा वार्षिक जनसंख्या वृद्धिदर ऋणात्मक देखिएको छ । राष्ट्रिय जनगणना २०७८को प्रारम्भिक नतिजाअनुसार देशका ७७ जिल्लाहरूमध्ये अधिकांश हिमाली र पहाडी जिल्लाहरूको वार्षिक जनसंख्या वृद्धिदर ऋणात्मक देखिएको हो ।
काठमाडौं । नेपालको सहरी जनसंख्या ६६.०८ प्रतिशत पुगेको छ । केन्द्रीय तथ्यांक विभागले बुधबार सार्वजनिक गरेको जनसंख्याको प्रारम्भिक विवरणअनुसार शहरी जनसंख्या ६६.०८ र ग्रामिण जनसंख्या ३३.९२ प्रतिशत कायम भएको हो ।
काठमाडौं । राष्ट्रिय जनगणना २०७८ले बाँकेको बैजनाथपुर गाउँपालिकामा सबैभन्दा धेरै जनसंख्या रहेको देखाएको छ । गाउँपालिकातर्फ सबैभन्दा धेरै जनसंख्या भएका ५ गाउँपालिकाहरुमा बाँके जिल्लाको बैजनाथसहित राप्तीसोनारी र खजुरा, रुपन्देही जिल्लाको मायादेवी र कपिलवस्तु जिल्लाको मायादेवी हुन् ।
काठमाडौं । कृषि क्षेत्रमा दुई गुणा लगानी बढाउन अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले राष्ट्रिय वाणिज्य बैंकलाई आग्रह गरेको छ । सोमबार भर्चुअल माध्यमबाट भएको बैंकको ५७औं वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले बैंकलाई कृषि क्षेत्रमा कम्तिमा दुई गुणा लगानी बढाउन आग्रह गरेको हो ।