काठमाडौं । गण्डकी र मधेस प्रदेशका मुख्यमन्त्रीबीच आन्तरिक पर्यटन प्रवर्द्धनका लागि छलफल भएको छ । छलफलमा गण्डकी र मधेस प्रदेशका बीचमा धेरै समानता र सहकार्यको सम्भावना रहेको गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले बताए ।
काठमाडौं । नेपाल राष्ट्र बैंकले सुन आयातको कोटा कटौती गरेको छ । आइतबार एक सूचना जारी गर्दै केन्द्रीय बैंकले सुन आयातमा आधा कटौती गर्दै दैनिक कोटा १० किलो तोकेको हो । यस अघि इजाजत प्राप्त वाणिज्य बैंकहरुले दैनिक २० किलो सुन आयात गर्न पाउँथे ।
काठमाडौं । सरकारले पेट्रोलियम पदार्थको मूल्य भारी दरमा बढाएको छ । बिहीबार बसेको नेपाल आयल निगम सञ्चालक समितिको बैठकले डिजल, पेट्रोल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रुपैयाँले बढाउने निर्णय गरेको छ ।
काठमाडौं । २०२२ को फेब्रुअरीमा हवाई मार्गबाट झन्डै २० हजार पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्यांक अनुसार सबैभन्दा बढी भारतबाट नेपाल भित्रिएका छन् ।
काठमाडौं । पेट्रोलियम क्षेत्रका तीन वस्तुगत संगठनले इन्धन आपूर्ति, ढुवानी र वितरणका क्षेत्रमा देखिएका समस्या सम्बोधनका लागि सामूहिक दबाब अभियान सुरु गरेका छन् ।
काठमाडौं । नेपाल कृषि सहकारी केन्द्रीय संघका अध्यक्ष खेम बहादुर पाठकले किसानहरुका लागि आवश्यक मल, बीउ तत्काल उपलब्ध गराउन कृषि तथा पशुपन्छि विकास मन्त्री महेन्द्र राय यादवको ध्यानाकर्षण गराएका छन् ।