काठमाडौं । नेपालको संसदबाट एमसीसीसँगै अनुमोदन भएको व्याख्यात्मक घोषणा अध्ययन गरिरहेको र एमसीसी सम्झौताभन्दा नेपालको संविधान नै माथि हुने ठानेको प्रतिक्रिया दिएको छ ।
काठमाडौं । व्यावसायिक गाईपालन गरी किसानको जीवनस्तर अभिवृद्धि गर्ने उद्देश्यले अमेरिकाबाट सात वटा साँढे नेपाल ल्याइएको छ । नश्ल सुधारका लागि पहिलोपटक पाँच वटा जर्सी र दुई वटा होल्स्टीन साँढे नेपाल ल्याइएको हो ।
काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले शिवरात्रीको दिन काठमाडौंका विभिन्न रुटमा गाडी चलाउन रोक लगाएको छ । महाशाखाले मंगलबार पशुपतिनाथ मन्दिर दर्शन गर्न आउने भक्तजनको सजिलोका लागि त्यस क्षेत्रमा सवारी प्रवेशमा रोक लगाएको हो ।
काठमाडौं । सुनको मूल्यमा अस्थिरता कायम रहेको छ । अघिल्लो दुई कारोबार दिन घटेको सुनको मूल्य सोमबार फेरि महंगिएको छ । फागुन १६ गते, सुन तोलामा एक हजार ६०० रुपैयाँले वृद्धि भएको छ ।
काठमाडौं। विभिन्न गैर सरकारी तथा व्यावसायिक सङ्घ संस्थाको सहयोगमा नेपाल ल्याउनको लागि फ्रान्समा खरिद गरिएका ९ थान अक्सिजन प्लान्ट ढुवानी गर्ने जिम्मा पाएको फ्याल्स फ्रेट लजिस्टिकले काममा ढिलाइ गरेर व्यवसायीसँग बार्गेनिङ गरेको खुलेको छ।