रुकुम पूर्व । रुकुम पूर्वको सिस्ने गाउँपालिका अध्यक्षमा नेकपा माओवादी केन्द्रका कृष्ण रेग्मी निर्वाचित भएका छन् । उनी एमाले–कांग्रेस गठबन्धनका उम्मेदवारलाई पराजित गर्दै पालिका अध्यक्षमा विजयी भएका हुन् ।
सर्लाही । सर्लाहीको रामनगर नगरपालिकामा नेकपा माओवादी केन्द्रका उम्मेदवार राजाबाबु यादव निर्वाचित भएका छन् । २२ वर्षका उनी ४ हजार ८१ मतसहित निर्वाचित भएका हुन् ।
लुम्बिनी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी एक दिने नेपाल भ्रमणका क्रममा लुम्बिनी आइपुगेका छन् । प्रधानमन्त्री मोदी केही बेरअघि लुम्बिनी आइपुगेका हुन् ।
चितवन । चितवनको भरतपुर महानगरपालिकाको मेयरमा फेरि नेकपा माओवादी केन्द्रकी रेनु दाहालले अग्रता लिएकी छन् । सोमबार दिनभर नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले अग्रता लिए पनि साँझतिर रेनुले अग्रता लिएकी हुन् ।
काठमाडौं । रुपन्देहीको भैरहवास्थित गौतम बुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा नेपाल वायुसेवा निगमको न्यारोबडी जहाज र कुबेतबाट आएको जजिरा एयरवेजको जहाज अवतरण गरी औपचारिक उद्घाटन गरिएको छ।