लुम्बिनी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी एक दिने नेपाल भ्रमणका क्रममा लुम्बिनी आइपुगेका छन् । प्रधानमन्त्री मोदी केही बेरअघि लुम्बिनी आइपुगेका हुन् ।
चितवन । चितवनको भरतपुर महानगरपालिकाको मेयरमा फेरि नेकपा माओवादी केन्द्रकी रेनु दाहालले अग्रता लिएकी छन् । सोमबार दिनभर नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले अग्रता लिए पनि साँझतिर रेनुले अग्रता लिएकी हुन् ।
काठमाडौं । रुपन्देहीको भैरहवास्थित गौतम बुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा नेपाल वायुसेवा निगमको न्यारोबडी जहाज र कुबेतबाट आएको जजिरा एयरवेजको जहाज अवतरण गरी औपचारिक उद्घाटन गरिएको छ।
महेन्द्रनगर । दार्चुलामा नेकपा एमालेको विजय जुलुसमा प्रयोग भएको गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । जिल्लाको शैल्यशिखर नगरपालिका–६ ग्यानीमा आज बिहान साढे ९ बजे हाइस माइक्रो बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको हो ।
दाङ । दाङको बंगलाचुली गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका तुलसीराम पुन (सुवास) र उपाध्यक्षमा नेपाली कांग्रेसका भक्तबहादुर जीसी निर्वाचित भएका छन् ।