बालेनको अग्रता कायमै, मत बढाउँदै सिर्जन, तेस्रोमा स्थापित |
काठमाडौं । काठमाडौँ महानगरपालिकामा मेयरको मत गणनामा स्वतन्त्र उम्मेद्वार बालेन शाहले अग्रता कायमै राखेका छन्।
सोमबार बिहानसम्ममा शाह ५ हजार २१४ भोटसहित अग्र स्थानमा छन्।
यता गठबन्धनको तर्फबाट कांग्रेसकी उम्मेद्वारले मत बढाउँदै लगेकी छिन्। हालसम्ममा उनले ३ हजार ७४० मत प्राप्त गरेकी छिन्।
नेकपा एमालेका केशव स्थापित भने २ हजार ८३३ मतसहित तेस्रो स्थानमा रहेका छन्।


