काठमाडौं । आज अपरान्ह सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले मलेशियासँग श्रम सम्झौता गर्ने निर्णय गर्नुका साथै राष्ट्रपति विद्यादेवी भण्डारीको भोलिदेखि हुन लागेको कतार भ्रमणलाई पनि स्वीकृति दिएको छ ।
शारजहाँ । यूएईमा एक नेपाली चेलीले आफूले काम गर्ने कम्पनीमा कार्यरत अन्य चार नेपाली चेलीमाथि अन्धाधुन्ध छुरा प्रहार गर्दा एक नेपाली चेलीको मृत्यु भएको छ ।
काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले भुक्तानी सेवालगायत सबैको विवरण खुल्ने राष्ट्रिय परिचयपत्र आगामी असारभित्रै कार्यान्वयमा ल्याइसक्ने बताएका छन् ।
काठमाडौं । काठमाडौंका विभिन्न स्थानमा सञ्चालनमा रहेका स्नो वेभरेज प्रालि, कञ्चनजंगा मिनरल वाटर, अक्वा मिनरल वाटर उद्योग र सिटी मिनरल वाटर प्रालिमा सरकारले शिलबन्दी गरेको छ ।
रुकुम । रुकुम पूर्वको भूमे गाउँपालिका–६ सीसाघारीमा निर्माण भएको लुकुम खोला (सीसाघारी) साना जलविद्युत् आयोजनाले औपचारिक रूपमा विद्युत् उत्पादन गर्न शुरू गरेको छ ।