बेत्रावती । निर्माणाधीन त्रिशूली–काठमाडौं २२० केभी ‘डब्बल सर्किट’ प्रसारण लाइनका लागि नुवाकोटको सूर्यमतीदेखि थानसिंहसम्मका खम्बामा मंगलवारदेखि विद्युतीय तार तान्ने कार्य शुरू भएको छ ।
जुम्ला । जिल्ला सदरमुकाम खलंगास्थित विमानस्थल १ महिनाका लागि बन्द गरिने भएको छ । विमानस्थल प्रमुख कैलाश शर्माले उक्त विमानस्थलको धावनमार्गको स्तरोन्नति कार्य गर्नका लागि उक्त अवधिसम्म उडान बन्द गर्ने जानकारी दिएका हुन् ।
काठमाडौं । माओवादी पूर्वजनमुक्ति सेना पार्टी नेपालले भारतको रवैया नरोकिए भारतीय सञ्चारमाध्यमका च्यानलहरू र भारतीय नम्बर प्लेटका सबै गाडी बन्द गर्ने चेतावनी दिएको छ ।
कपिलवस्तु । कपिलवस्तुको कृष्णनगरमा दुर्गा पूजाको मूर्ति बिसर्जन गर्ने क्रममा झडप भएपछि स्थितिलाई नियन्त्रणमा ल्याउन लगाइएको कर्फ्यू आज दिउँसो १२ बजेसम्मका लागि हटाइएको छ ।