ओखलढुंगा । नेपाली कांग्रेस ओखलढुंगाका युवा नेता तथा महासमिति सदस्य कुमार लुइँटेलले आफ्नो सक्रियतामा सञ्चालित शैक्षिक अभियानअन्तर्गत ओखलढुंगाको सुनकोशी गाउँपालिका– ९, ककनीका विपन्न परिवारका बालबालिकाहरुलाई शैक्षिक सामग्री वितरण गरेका छन् ।
काठमाडौं । भूकम्पका कारण क्षतिग्रस्त बनेको हनुमानढोका दरबार क्षेत्रमा अहिले पुनर्निमाणले गति लिएको छ । झण्डै तीन दर्जन सम्पदा रहेको यस क्षेत्रमा भूकम्पका कारण १० सम्पदा पूर्ण रूपमा क्षति भएका थिए ।
पर्सा । चालू आर्थिक वर्ष (आव) २०७५७६ को तीन महीनामा वीरगञ्ज भन्सार कार्यालयले लक्ष्यभन्दा रू ५ अर्ब ४३ करोड बढी राजस्व संकलन गरेको छ । उक्त राजस्व रकम गतआवको सोही अवधिको तुलनामा ४२ प्रतिशतले बढी हो ।
हुम्ला । हिमाली जिल्ला हुम्लामा आज बिहान हिमपात भएको छ । गएका वर्षहरूमा पुस महिनाबाट हिमपात शुरु हुने गरेको भए पनि यो वर्ष कात्तिकमै हिमपात हुन थालेको छ ।
काठमाडौं । ‘झिलिमिली बत्तीको चाड’ भनेर चिनिने तिहार शुरू हुँदै गर्दा घर सजावटमा सबैको आकर्षण बढेको छ । तुलनात्मक रूपमा चाडपर्वको समयमा घरको सफाइदेखि सजावटमा बढी ध्यान दिइने हाम्रो संस्कार पनि छ । त्यसैले विभिन्न किसिमका रंगीबिरंगी बत्तीको बिक्री वितरण तिहार नजिकिएसँगै उच्च छ ।
कैलाली । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी निर्मला पन्तका बुबा यज्ञराज पन्तले सरकारलाई अब पनि दोषी पत्ता लगाउन नसके सपरिवार आमरण अनशनमा ओर्लिने चेतावनी दिएका छन् ।
रुपन्देही । प्रहरीले ३७ किलो चरेससहित तीन जनालाई बुटवलबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा एक जना स्थानीय तहका जनप्रतिनिधिसमेत रहेको प्रहरीले बताएको छ ।