काठमाडौं । वैदेशिक रोजगारीमा जाने सेवाग्राहीको चाप अत्यधिक रहेको भन्दै वैदेशिक रोजगार विभागले सार्वजनिक बिदाका दिनसमेत श्रम स्वीकृति जारी गर्न लागेको हो ।
काठमाडौं । सरकारले नेपाल पर्यटन वर्ष २०२० को राष्ट्रिय संयोजकमा उद्योगी सुरज वैद्यलाई नियुक्ती गरेको छ । वैद्य नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष हुन्। । वैद्यज अर्गनाइजेशन अफ इन्डस्ट्रिज एण्ड ट्रेडिङका अध्यक्ष रहेका उनी सार्क चेम्बर अफ कर्मशका समेत पूर्व अध्यक्ष हुन्।
काठमाडौं । निर्माणाधीन गौतम बुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा हवाई सेवा सञ्चालन गर्न थाइल्याण्ड तयार भएको छ । नेपाल र थाइल्याण्डबीच हिजो बिहीवार सोसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।
काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले वैदेशिक लगानीकर्ताका लागि ढोका खुल्ला राखिएको बताएका छन् । नेपालमा उड्यन, पूर्वाधार, जलविद्युत, पर्यटन, सूचना तथा प्रविधिका क्षेत्रमा वैदेशिक लगानीकर्ताका लागि ढोका खल्ला राखिएको उनकको भनाई थियो ।
काठमाडौं । प्रदेश ३ सरकारका भौतिक पूर्वाधार तथा विकासमन्त्री केशव स्थापित बर्खास्तगीमा परेका छन् । उनलाई प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले सो पदबाट बर्खास्त गरेका हुन् ।
काठमाडौं । आजबाट स्याङ्जामा प्याराग्लाइडिङ वल्र्डकप प्रतियोगिता शुरु हुँदैछ । नेपाल प्याराग्लाइडिङ तथा ह्याण्ड ग्लाइडिङ संघ (नेफा), नेपाल हवाई खेलकुद संस्था, बाबु एड्भेन्चर क्लब स्याङ्जाको संयुक्त आयोजनामा प्रतियोगिता हुन लागेको हो ।
काठमाडौं । काठमाडौं महानगरपालिकाले प्रदेश ३ सरकारका भौतिक पूर्वाधारमन्त्री तथा पूर्वमेयर केशव स्थापितमाथि महानगरकै पूर्वकर्मचारी रश्मिला प्रजापतिले लगाएको ‘यौन प्रस्ताव’ सम्बन्धी आरोप आधारहीन रहेको दाबी गरेको छ ।
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले उखु किसानको वक्यौता रकम नतिरेको आरोपमा व्यवसायी राकेश अग्रवाललाई पक्राउ गरिएको घटनाप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताएको छ ।
काठमाडौं । मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन विस्तारको काम तिब्ररुपमा भई रहेको छ । अहिलेसम्म नेपालतर्फ १९ किलोमिटर पाई ओछ्याउने काम सम्पन्न भई सकेकको छ । नेपालतर्फको ३९ दशमलव २ किलोमिटर भू–भागमध्ये अब १७ दशमलव २ किलोमिटर पाइप ओछ्याउन बाँकी रहेको परियोजना कार्यालय सिमराकाले जानकारी दिएको छ ।