काठमाडौं । नागरिक लगानी कोषको नयाँ कार्यकारी निर्देशक रमण नेपाल नियुक्त भएका छन्। । मन्त्रीपरिषद्को आइतबारको वैठकले आगामी पाँच बर्षका लागि नेपाललाई नियुक्त गरेको हो ।
काठमाडौं । नेपाल र कम्बोडियाबीच हवाई सम्झौंता हुने भएको छ । नेपालले दुई वर्ष अघि सम्झौंताका लागि पत्राचार गरेको थियो । द्धिपक्षीय छलफलपछि मंसिर १४ गते हवाई सम्झौंताको हुने गरी टुंगो लागेको हो ।
गुलरिया । बर्दियाकी ११ वर्षे बालिका भारतीय नागरिकबाट बलात्कृत भएकी छन् । बढैयाताल–८ की ११ वर्षीया बालिका बाख्रा चराउन जंगल गएको बेला बलात्कारमा परेकी हुन ।
काठमाडौं । पत्रकारहरुको तेस्रो चरणको दुर्घटना बीमा कार्यक्रम शुरु भएको छ । सूचना विभाग र नेपाल पत्रकार महासंघबाट श्रमजीवी तथा स्वतन्त्र पत्रकारहरूका लागि तेस्रो चरणको बीमा कार्यक्रम शुरु भएको हो ।
दाङ । नेपाल एयरलाइन्सले काठमाडौंबाट दाङको तलुसीपुरमा हवाई सेवा थप गरेको जानकारी दिएको छ । सातामा दुई दिन हुँदै आएको उडान अब मंसिर १ गतेदेखि सातामा तीन दिन हुने छ ।
बुटवल । नेपालमै पहिलो पटक हुन लागेको त्रिपिटक वाचन कार्यक्रमका लागि लुम्बिनी क्षेत्रलाई सजाउन थालिएको छ । देश विदेशबाट आउने भिक्षुहरुले तीन दिनसम्म त्रिपिटक वाचन गर्ने कार्यक्रम तय भएपछि लुम्बिनीको मायादेवी परिसर सिँगार्न थालिएको हो ।
काठमाडौं । यमपञ्चक अर्थात तिहारको तेस्रो दिन आज साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा मनाइँदैछ ।
काठमाडौं । अब विदेश जान भिसा लागेका नेपालीले प्रतिव्यक्ति १ हजार ५ सय अमेरिकी डलर मात्र सटही सुविधा पाउने भएका छन । चालु खाता घाटा निरन्तर बढ्न थालेपछि राष्ट्र बैंकले विदेश घुम्न जानेहरुलाई पनि निरुत्साहित गर्न सटही सुविधा घटाइ दिएको छ ।