तुलसीपुरमा नेपाल एयरलाइन्सले सातामा तीन दिन सेवा दिने |
दाङ । नेपाल एयरलाइन्सले काठमाडौंबाट दाङको तलुसीपुरमा हवाई सेवा थप गरेको जानकारी दिएको छ । सातामा दुई दिन हुँदै आएको उडान अब मंसिर १ गतेदेखि सातामा तीन दिन हुने छ ।
मंसिर महिनाभरमा यात्रुको चाप र माग भए पुस महिनाबाट दैनिक हवाई सेवा सञ्चालनका लागि निगमले तयारी गरिरहेको छ । अहिले नेपाल एयरलाइन्सले सातामा दुई दिन सोमबार र शुक्रबार मात्र काठमाडौं–तुलसीपुर उडान गर्दै आएको छ । यात्रुको संख्या बढेको भन्दै बुधबार समेत थप गरेर सातामा तीन दिन उडान गर्न लागिएको हो ।
लामो समयदेखि बन्द रहेको तुलसीपुरस्थित टरिगाउँ विमानस्थलमा नेपाल एयरलाइन्सले १६ असोजमा सफल परीक्षण उडानगरेको थियो । त्यसपछि सातामा दुई दिन सेवा दिँदै आएको थियो । तुलसीपुर विमानस्थलमा हवाई इन्धन डिपो नभएकाले हवाई जहाज काठमाडौंबाट भैरहवा हुँदै तुलसीपुर जाने गर्दथ्यो ।
अहिले तुलसीपुरमा नै यात्रुको संख्या पूरा भएपछि नेपाल एयरलाइन्सले तुलसीपुर–काठमाडौं सीधा हवाई सेवा सञ्चालन गरिरहेको छ । अस्थायी इन्धन डिपोसँगै तुलसीपुर विमानस्थल सञ्चालनसँगै यात्रु सुविधाका लागि सुविधा सम्पन्न टर्मिनल भवन पनि बनाइने भएको छ । भवन निर्माणका लागि केन्द्रबाट बजेट विनियोजन भइसकेकाले तत्काल निर्माण प्रक्रिया अगाडि बढाइने भएको हो ।
Visited 1 times, 1 visit(s) today


