काठमाडौं । देशभर बिहीबार महिला ३९४ र पुरुष ८३४ गरी १ हजार २२८ जना संक्रमित थपिएका छन् । यससँगै देशभर कुल संक्रमितको संख्या ४२ हजार ८७७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बिहीबारको नियमित प्रेस ब्रिफिङमा जानकारी दिए ।
राजापुर । बर्दियाको गेरूवा गाउँपालिका–४ का एक महिला र दुई पुरुष कर्णाली नदीमा बेपत्ता भएका छन् । कर्णालीको रजबन्धुवा घाटमा बिहीबार बिहान ११ बजे दाउरा छोप्न गएका उनीहरु बगेर बेपत्ता भएका हुन् ।
काठमाडौं । बितेको २४ घण्टामा नेपालमा थप ६ जनाको कोभिड १९ संक्रमणबाट निधन भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा सो जानकारी दिइएको हो ।
काठमाडौं । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा केही खुकुलो पारिएको छ । काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको बुधबार बसेको संयुक्त बैठकले उपत्यकामा जारी निषेधाज्ञा केही खुकुलो पार्ने निर्णय गरेको हो ।
एक बहुराष्ट्रिय सर्वेक्षणले एक तिहाइ अमेरिकी उपलब्ध भएपनि कोरोना भाइरसको खोप लिन तयार नभएको देखाएको छ । सर्वेक्षणले अमेरिका विश्वमा खोपलाई लिएर सबैभन्दा शंकालु राष्ट्रमध्ये एक भएको देखाएको छ ।
विश्व स्वास्थ्य संगठन(डब्लुएचओ)ले युरोप खोपबिना पनि कोरोनासँग लड्न सक्ने बताएको छ । तर यसका लागि उसले स्थानीय स्तरमा लकडाउन गर्नुपर्ने डब्लुएचओको भनाइ छ ।
रेम्डेसिभिर नामक औषधिको पहिलो ब्याच नेपालमा आइपुगेको छ। यतिकेम वितरक प्रालिले कोभिड–१९ संक्रमितलाई प्रयोग हुने उक्त औषधि नेपालमा ल्याइएको घोषणा गरेको हो ।
कोरोनाभाइरसबाट भारतमा कूल सङ्क्रमितको संख्या ३७ लाखभन्दा बढी पुगेको छ । अधिकारीहरुले दिएको जानकारीअनुसार बुधबारसम्म सङ्क्रमितको कूल संख्या ३७ लाख ६९ हजार ५२३ पुगेको हो । तीमध्ये ७८ हजार ३५७ जना पछिल्लो एकैदिनमा थपिएको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।