वामदेवलाई राष्ट्रियसभामा पठाउने नेकपाको निर्णय, अर्थमन्त्री खतिवडा मन्त्री नरहने |
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभामा पठाउने निर्णय गरेको छ ।
नेकपा सचिवालयको बैठकले राष्ट्रियसभा सदस्यमध्ये राष्ट्रपतिले मनोनित गर्ने खाली एक सिटमा गौतमलाई मनोनयन गर्न सिफारिस गर्ने निर्णय गरेको हो ।
बैठकमा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियसभा सदस्यमा मनोनित गर्न गौतमलाई सिफारिस गर्ने निष्कर्षमा सरकार पुगेको जानकारी गराएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
बामदेबलाइ राष्टिय सभामा लैजाने निर्णाय भएसँगै खतिवडा अर्थमन्त्रीबाट बाहिरिने भएका छन् । बैठकले कार्यदलको प्रतिवेदन बैठकमा छलफल भई ठोस कार्ययोजना बनाई सचिवालय र स्थायी कमिटिमा प्रस्ता प्रस्तुत गरिने निर्णय भएको उनले बताए ।
हालका अर्थमन्त्री खतिवडाको भदौ २० गते कार्यकाल सकिदै छ। राष्ट्रिय सभामा सदस्य रहेका खतिवडाको कार्यकाल गत फागुनमै सकिएपनि संबैधानिक प्रावधान अनुसार छ महिना पदमा रहने पाउने व्यवस्था बमोजिम उनी भदौ २० गतेसम्म पदमा रहने छन् । खतिवडा राष्ट्रिय सभा सदस्य नबने पछि उनी अर्थमन्त्रीबाट विदा हुनुपर्ने भएको छ ।
नेकपा सचिवालय बैठकले फागुनमै रिक्त सो पदमा उपाध्यक्ष गौतमलाई पठाउने निर्णय गरेको थियो ।

