काठमाडौं । सरकारका प्रवक्ता समेत रहेका अर्थ, सूचना तथा सञ्चारमन्त्री डा. युवराज खतिवडाले मन्त्री पदबाट राजिनामा दिएका छन् । उनले शुक्रबार प्रधानमन्त्री समक्ष राजिनामा दिएका हुन् । त्यसअगाडि उनी अर्थ मन्त्रालयमा आयोजित बिदाई कार्यक्रममा सहभागी भएका थिए ।