विश्व स्वास्थ्य संगठनले भन्यो, खोपबिना पनि युरोप कोरोनासँग लड्न सक्छ |
विश्व स्वास्थ्य संगठन(डब्लुएचओ)ले युरोप खोपबिना पनि कोरोनासँग लड्न सक्ने बताएको छ । तर यसका लागि उसले स्थानीय स्तरमा लकडाउन गर्नुपर्ने डब्लुएचओको भनाइ छ ।
संगठनका युरोप निर्देशकले युरोपमा राष्ट्रियस्तरमा लकडाउन लगाउन आवश्यक नभएको बताउँदै यस्तो बताएका हुन् ।
‘जब हामीले महामारीविरूद्ध विजय हासिल गर्नेछौं, त्यो खोपबाट नै सम्भव हुनुपर्छ भने जरूरी छैन । यस्तो हामीले तब मात्र गर्नसक्नेछौ जब हामी महामारीसँग रहन सिक्छौ र यो हामी भोलिबाट नै गर्नसक्छौं’, संगठनको युरोपका क्षेत्रीय निर्देशक हैन्स क्लूगले स्काइ न्यूजसँग भने ।
यसैगरी उनले आगामी महिनामा आउनसक्ने संक्रमणको दोश्रो लहरबाट बच्न ठूलो स्तरमा लकडाउन आवश्यक पर्छ? भन्ने प्रश्नको उत्तरमा आवश्यक नपर्ने पनि बताए ।
‘मलाई आशा छ यसको आवश्यक्ता पर्नेछैन तर स्थानीय स्तरमा लाग्नसक्ने लकडाउनलाई भने खारेज गर्न सकिन्न’, उनले भने ।
Visited 1 times, 1 visit(s) today


