नेपालमा कोभिड १९ का कारण थप ६ जनाको निधन, कुल संख्या २५७ |
काठमाडौं । बितेको २४ घण्टामा नेपालमा थप ६ जनाको कोभिड १९ संक्रमणबाट निधन भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा सो जानकारी दिइएको हो ।
देशभरमा हालसम्म कुल २५७ जनाले संक्रमणबाट ज्यान गुमाइसेका छन् । बितेको एक दिनमा निधन हुनेहरु चार जना महिला र दुई जना पुरुष रहेका छन् ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार चितवनका ४० र भक्तपुरकी पनि ४० वर्षिय महिलाहरुको मृत्यु भएको हो । यसका साथै तनहुँकी ९२ वर्षकी एक वृद्धा र रुपन्देहीकी ७७ वर्षिय वृद्धाको पनि ज्यान गएको छ ।
त्यस्तै सिन्धुपाल्चोकका एक ७७ वर्षका वृद्ध र रुपन्देहीका ६५ वर्षिय एक पुरुषको पनि संक्रमित भई निधन भएको छ ।

