विश्व स्वास्थ्य संगठनले विश्वलाई अर्को महामारीका लागि तयार रहन चेतावनी दिएको छ । संगठनका महानिर्देशक डा. टेड्रोस अडानोमले विश्वलाई अर्को महामारीका लागि पनि तयारी अवस्थामा बस्न आह्वान गरेका हुन् ।
काठमाडौं । नेपाल आयल निगमले फायर फाइटिङसहितको अत्याधुनिक पार्किङ बनाउन लागेको छ । निगमले विराटनगर, थानकोट, भैरहवा, नेपालगञ्ज र अमलेखगञ्ज गरी पाँच ठाउँमा पार्किङ बनाउन लागेको हो ।
काठमाडौं । काठमाडौंमा थप एक जना कोरोना संक्रमितको व्यक्तिको मृत्यु भएको छ । जावलाखेलस्थित अल्का अस्पतालमा उपचाररत ६७ वर्षीय संक्रमित पुरुषको मंगलबार बेलुकी मृत्यु भएको अस्पतालले जनाएको छ ।
काठमाडौं । सरकारले जग्गा कित्ताकाट खुल्ला गर्ने निर्णय गरेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले १८ भदौमा कित्ताकट खुल्ला गर्ने निर्णय गरेकी हुन ।
काठमाडौं । रेल विभागले १८ ओटा निर्माण कम्पनीको मात्र प्रतिष्पर्धा हुनेगरी खोलेको रेलमार्ग ट्रयाक बेडका (माटो भर्ने) ठेक्का रद्ध गरेको छ । सिमित प्रतिस्पर्धा हुनेगरी आव्हान गरिएको उक्त ठेक्का प्रक्रिया रेल विभागले रद्ध गरेको हो ।
काठमाडौं । नेपाल राष्ट्र बैंकले क, ख र ग वर्गका बैंंक तथा वित्तीय संस्थाहरुलाई भदौ २५ गतेसम्म राजस्व संकलन गर्ने सबै शाखा काउन्टर खुल्ला गर्न निर्देशन दिएको छ ।
काठमाडौं । व्यवसायीहरुले लकडाउन र निषेधाज्ञा अवधिको कर्जाको ब्याज मिनाह गर्न माग गरेका छन् । राष्ट्रिय व्यवसायी महासंघले व्यसायीलाई गुजारा चलाउनै गाह्रो भएको भन्दै लकडाउन र निषेधाज्ञा अवधिभरको बैंक तथा सहकारी संस्थासमेतको ब्याज मिनाह गर्न माग गरेको हो ।