लकडाउन र निषेधाज्ञा अवधिको ब्याज मिनाह गर ː राष्ट्रिय व्यवसायी महासंघ |
काठमाडौं । व्यवसायीहरुले लकडाउन र निषेधाज्ञा अवधिको कर्जाको ब्याज मिनाह गर्न माग गरेका छन् । राष्ट्रिय व्यवसायी महासंघले व्यसायीलाई गुजारा चलाउनै गाह्रो भएको भन्दै लकडाउन र निषेधाज्ञा अवधिभरको बैंक तथा सहकारी संस्थासमेतको ब्याज मिनाह गर्न माग गरेको हो ।
त्यस्तै महासंघले व्यवसायिक घरभाडा मिनाह गर्नुपर्ने, ५ प्रतिशत ब्याजदरमा बिना धितो कर्जा उपलब्ध गराउनुपर्ने, एक वर्षदेखि केरुङ नाकामा रोकिएका कन्टेनरहरु तुरुन्तै ल्याउन पहल गर्नुपर्ने माग गरेको छ ।
सरकारले लकडाउन थप्दै जाने तर उद्योगी व्यवसायीलाई परेको समस्यालाई भने वेवास्ता गर्दै आएको महासंघको भनाइ छ ।



