काठमाडौं । वितेको २४ घण्टामा देशभर १२ सय ४६ जना कोरोना संक्रमित थपिएका छन् । बिहीबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सो जानकारी दिएका छन् ।
काठमाडौं । काठमाडौं उपत्यकामा हालसम्मकै धेरै ५७२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थय तथा जनसंख्या मन्त्रालयका अनुसार बितेको २४ घण्टामा उपत्यकामा सो संख्यामा कोरोना संक्रमित थपिएको हो ।
काठमाडौं । सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को नवीकरण खुल्ने भएको छ । प्रदेश सरकार अन्तर्गतको यातायात व्यवस्था कार्यालयले आइतबारदेखि उपत्यकामा लाइसेन्सको नवीकरणसम्बन्धी सेवा सुचारु गर्ने जनाएको हो । ४ हप्तापछि नविकरण खुल्न लागेको हो ।
काठमाडौं । काठमाडौं उपत्यकामा बिहीबारदेखि ‘सीमित निषेधाज्ञा’ लागू गरिँदैछ । काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको सामूहिक बैठकले बुधबार यस्तो निर्णय गरेको हो ।
विश्व स्वास्थ्य संगठनले विश्वलाई अर्को महामारीका लागि तयार रहन चेतावनी दिएको छ । संगठनका महानिर्देशक डा. टेड्रोस अडानोमले विश्वलाई अर्को महामारीका लागि पनि तयारी अवस्थामा बस्न आह्वान गरेका हुन् ।
काठमाडौं । नेपाल आयल निगमले फायर फाइटिङसहितको अत्याधुनिक पार्किङ बनाउन लागेको छ । निगमले विराटनगर, थानकोट, भैरहवा, नेपालगञ्ज र अमलेखगञ्ज गरी पाँच ठाउँमा पार्किङ बनाउन लागेको हो ।
काठमाडौं । काठमाडौंमा थप एक जना कोरोना संक्रमितको व्यक्तिको मृत्यु भएको छ । जावलाखेलस्थित अल्का अस्पतालमा उपचाररत ६७ वर्षीय संक्रमित पुरुषको मंगलबार बेलुकी मृत्यु भएको अस्पतालले जनाएको छ ।
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप १ हजार ८१ जनामा संक्रमण पुष्टि भएको छ । बुधबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सो जानकारी दिएका हुन् । उनले हालसम्म संक्रमितको कुल संख्या ४९,२१९ पुगेको पनि जानकारी दिए ।