काठमाडौं । कोरोना भाइरस संक्रमणबाट पछिल्लो २४ घन्टामा थप १५ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा. गौतमले संक्रमणबाट ४ महिला र १० पुरुषसहित १४ जनाको मृत्यु भएको जानकारी गराएका थिए । सो पछि हेटौडाकी १ जना महिलाको ज्यान गएको पुष्टि भएको हो ।
विश्वभरी कोरोना भाइरस सङ्क्रमणबाट नौ लाख २८ हजार ३४० जनाको मृत्यु भएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले सोमबार जानकारी दिएको छ । सो संगठनका अनुसार विश्वमा दुई करोड ९१ लाख ८९ हजार ६५५ जना कोरोना भाइरस सङ्क्रमित भएका छन् ।
काठमाडौं । सरकारले आन्तरिक उडान र लामो दूरीका यातायात आगामी असोज ५ गतेबाट सञ्चालन गर्ने निर्णय गरेको छ । आज साँझ बसेको मन्त्रिपरिषद बैठकले यस्तो निर्णय गरेको हो ।
काठमाडौं । पछिल्लो २४ घण्टामा ११७० जनाका कोरोना भाइरस (कोभिड(१९) को संक्रमण पुष्टि भएको छ । देशभरको प्रयोगशालामा १० हजार ८७८ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।
काठमाडौं । चिकित्सा शिक्षा सुधारको विभिन्न माग राख्दै आएका डा. गोविन्द केसीले जुम्लामा अनशन शुरु गरेका छन् । उनले ६ बुँदे माग राखेर सोमबार दिउँसो २ बजेदेखि अनशन शुरु गरेका छन् ।
काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ५१२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा ४४०, भक्तपुरमा ४३ र ललितपुर २९ गरी जम्मा ५११ जनामा संक्रमण पुष्टि भएको हो ।
काठमाडौं । विश्वव्यापी महामारी कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट विदेशमा विभिन्न मितिमा थप ४३ जना नेपालीको निधन भएको यो साता पुष्टि भएको छ । गत मार्च महिना यता साउदी अरबमा मात्रै ४१ जनाको मृत्यु भएको त्यहाँस्थित राजदूतावासलाई उद्धृत गर्दै गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिले उल्लेख गर