काठमाडौं । काठमाडौं महानगरपालिका घरमै बसेर कर तिर्न सकिने प्रण्णली सञ्चालनमा ल्याउने भएको छ । असोज १ गतेबाट राजस्व प्रणालीलाई अनलाइनमार्फत भुक्तानी हुने प्रणाली थालनी गर्न लागिएको हो ।
काठमाडौं । बीमा समितिले कोरोना बीमाको मापदण्ड संशोधन गरेको छ र, नयाँ बीमितलाई कोभिड–१९ संक्रमण पुष्टि हुनासाथ बिमांक रकमको २५ प्रतिशत मात्र दिने भएको छ ।
काठमाडौं । सरकारले गरेको जग्गाको कित्ताकाट फुकुवाको निर्णय कार्यान्वयनमा सर्वोच्च अदालतले रोक लगाएको छ । सोमबार न्यायाधीश सुष्मालता माथेमाको एकल इजलासले जग्गा कित्ताकाटको निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो ।
विश्वमा कोरोना संक्रमितको संख्या २ करोड ९० लाख पार भइसकेको छ । ल्याटिन अमेरिकी देशमा महामारीको सबैभन्दा नराम्रो असर परेको छ । यसै बीच संयुक्त राष्ट्रसंघले यस महामारीले भेदभाव र अन्य मानवअधिकार उल्लघंनलाई बढावा दिएको बताएको छ ।
ब्राजिलमा सोमबार बिहानसम्म कोरोना भाइरसका सङ्क्रमणबाट १ लाख ३१ हजार ६२५ जनाको ज्यान गएको यहाँको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । सो मन्त्रालयका अनुसार यहाँ गएको हप्तादिनमा मात्र ४ हजार जनाको ज्यान गएको छ ।
न्यूयोर्क नगरका पूर्व मेयर माइकल ब्लूमबर्गले डेमोक्रेटिक पार्टीबाट राष्ट्रपतिका उम्मेदवार जो बाइडेनको चुनावी प्रचारमा सघाउन १० करोड अमेरिकी डलर चन्दा दिने घोषणा गरेका छन् । यो रकम विशेषगरी फ्लोरिडा राज्यमा चुनावी अभियानमा खर्च गरिने छ ।
काठमाडौं । सम्झौताअनुसार रासायनिक मल आयात नगरी मलको अभाव सिर्जना गराउने दुई ठेकदारबिरुद्धको कारबाही रोक्न उच्च अदालत पाटनले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।
काठमाडौं । नेपाल रेल्वे कम्पनी लिमिटेडले २९ वटा पदपूर्तिका लागि विज्ञापन खुलाएको छ । जनकपुर–जयनगर रेल सञ्चालनको लागि कम्पनीले विभिन्न २९ वटा पदपूर्तिका लागि १ सय २९ जना कर्मचारी माग गरेको हो ।
काठमाडौं । सोमबारको मन्त्रीपरिषद बैठकले कार्यकाल थप नगरेपछि नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ आज प्राधिकरणबाट बिदा भएका छन् । उनलाई मंगलबार प्राधिकरणमा कर्मचारीहरुले औपचारिक कार्यक्रम गर्दै बिदाई गरेका हुन् ।