काठमाडौं उपत्यकामा थपिए ५१२ कोरोना संक्रमित |
काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ५१२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा ४४०, भक्तपुरमा ४३ र ललितपुर २९ गरी जम्मा ५१२ जनामा संक्रमण पुष्टि भएको हो ।
यस्तै बितेको २४ घण्टामा काठमाडौंसहित देशभर भने ११७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्रा डा जागेश्वर गौतमले हालसम्म कोरोना संक्रमितको कुल संख्या ५५ हजार ३२९ पुगेको बताए ।




