पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट थप १५ जनाको मृत्यु |
काठमाडौं । कोरोना भाइरस संक्रमणबाट पछिल्लो २४ घन्टामा थप १५ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा. गौतमले संक्रमणबाट ४ महिला र १० पुरुषसहित १४ जनाको मृत्यु भएको जानकारी गराएका थिए । सो पछि हेटौडाकी १ जना महिलाको ज्यान गएको पुष्टि भएको हो । उनको मृत्यु बारे मन्त्रालयले औपचारिक जानकारी गराउन बाँकी छ । योसँगै हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ सय ७२ पुगेको छ ।
प्रवक्ता डा जागेश्वर गौतमका अनुसार मृत्यु हुने चितवनकी ३५ वर्षिया महिलासहित काठमाडौँका ३ जना महिला रहेका छन् । काठमाडौँका ८२ वर्षीया, ६७ वर्षीया र २२ वर्षीया महिलाको कोरोनाबाट मृत्यु भएको हो ।
यस्तै पुरुषमा सप्तरीका ५५ वर्षका २ जना, धनुषाका ६५ वर्षीय, रसुवाका ३१ वर्षीय, कास्कीका ३७ वर्षीय, नवलपरासीका ३७ वर्षीय, प्युठानका ५८ वर्षीय, रुपन्देहीका ७८ वर्षीय, पाल्पाका ६३ वर्षीय र सुर्खेतका ४२ वर्षीय रहेका छन् ।
चितवन–भरतपुरमा रहेको चितवन मेडिकल कलेज (सिएमसी)को शिक्षण अस्पतालमा आज दिउँसो हेटौंडाकी एकजना कोरोना संक्रमण पुष्टी भएकी महिलाको मृत्यु भएको छ । मकवानपुर हेटौंडा–११ की ५२ वर्षीया महिलाको दिउँसो पौने दुई बजे मृत्यु भएको हो । छातिमा समस्या भएकी उनी उपचारका लागि सिकिस्त अवस्थामा भदौ ११ गते भर्ना भएको अस्पतालका निर्देशक डा.दयाराम लम्सालले जानकारी दिए ।
Visited 1 times, 1 visit(s) today


