काठमाडौं । भारतले अर्को सातासम्म अक्सफोर्ड युनिभर्सिटीले एक्स्ट्राजेनेकासँग मिलेर विकास गरेको कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोपलाई अनुमति दिने तयारी गरेको छ ।
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले समाजको चेतनास्तर, मूल्य, र मान्यताका आधारमा नयाँ परिवेशअनुसार कानूनहरु परिवर्तन हुँदै जाने भएकाले त्यसको कार्यान्वयनमा न्यायालय सक्षम र चनाखो रहनुपर्ने बताएका छन् ।
कुवेतमा पनि कोरोनाभाइरस विरुद्धको खोप दिन थालिने भएको छ । आज बिहीबारदेखि खोप लगाउने अभियान नै चलाइने कुवेतका स्वास्थ्य मन्त्री बसेल अल सबाहले बुधबार जानकारी दिए ।
काठमाडौं । भैरहवामा निर्माणाधीन गौतमबुद्ध विमानस्थलको दोस्रो चरणको संरचना निर्माण गर्न एसियाली विकास बैंकले १५ करोड अमेरिकी डलर (पौने १७.८८ अर्ब रुपैयाँ) ऋण लगानी गर्ने भएको छ । अर्थ मन्त्रालय र एसियाली विकास बैंकबीच उक्त वित्तीय लगानी सम्बन्धमा हस्ताक्षर भएको छ ।
काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले नेपाल र थाइल्याण्डबीच पर्यटन क्षेत्रको विकास एवंम विस्तारका लागि बैंकक–लुम्बिनी सिधा हवाइ सम्पर्क गर्न जोड दिएको छ । बुधबार राजधानीमा आयोजित नेपाल–थाइल्याण्ड चेम्बर बैठकमा चम्बेरले यस्तो आग्रह गरेको हो ।
काठमाडौं । नेकपाको (प्रचण्ड–नेपाल) पक्षले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई संसदीय दलको नेता चयन गरेको छ । सो पक्षका अर्का अध्यक्ष माधव कुमार नेपालले प्रचण्डलाई संसदीय दलको नेतामा प्रस्ताव गरेकोमा सर्वसम्मतिले दलको नेता चयन गरिएको हो ।
काठमाडौं । बुद्धिजीवी संगठन एवं विभिन्न पेसागत महासंघले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेर अलोकतान्त्रिक, पश्चगामी तथा गैरसंवैधानिक कार्य गरेको बताएका छन् ।
काठमाडौं । मुलुकमा विकसित पछिल्लो राजनीतिक घटनाक्रमप्रति निजी क्षेत्रका व्यवसामयीक संगठनहरु पनि बोल्न थालेका छन्। निजी क्षेत्रका तीनवटै संगठनले मुलुकका प्रमुख राजनीतिक दलहरू समक्ष संयमतापूर्वक निर्णय लिन आग्रह गरेका छन्।
काठमाडौं । संसद विघटनविरुद्ध सर्वोच्च अदालतमा परेका रिटहरुको सुनुवाइ आज हुँदैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले यही पुस ५ गते प्रतिनिधिसभा भंग गरी आगामी बैशाख २७ र २७ गते मध्यावधि निर्वाचन गर्न गरेको सिफारिस राष्ट्रपति विद्यादेवी भण्डारीले सोही दिन सदर गरेकी थिइन् ।