बैंकक–लुम्बिनी सिधा हवाइ सम्पर्कमा चेम्बरको जोड |
काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले नेपाल र थाइल्याण्डबीच पर्यटन क्षेत्रको विकास एवंम विस्तारका लागि बैंकक–लुम्बिनी सिधा हवाइ सम्पर्क गर्न जोड दिएको छ । बुधबार राजधानीमा आयोजित नेपाल–थाइल्याण्ड चेम्बर बैठकमा चम्बेरले यस्तो आग्रह गरेको हो ।
नेपालका लागि थाइल्याण्डका नवनियक्त राजदूत भोसिता भोरासफलाई स्वागत गर्दै चेम्बरका अध्यक्ष राजेशकाजी श्रेष्ठले नेपाल–थाइल्याण्डबीच बिद्यमान व्यापार, लगानी तथा पर्यटन प्रवद्र्धनको सभावनालाइ उपयोग गर्न र वुद्धिष्ट सर्किट प्रवद्र्धनका लागि व्याङकक लुम्विनी वीच सीधा हवाइ सम्पर्कका लागि पहल गरिनु पर्ने धारणा राखे ।
सोही अबसरमा श्रेष्ठले नेपालमा वैदेशिक लगानीको वातावरण बनेकाले ठूला पूर्वाधार निर्माणका लागि ग्लोवल टेण्डरमा थाइ निर्माण कम्पनीहरुलाई सहभागी गराउन समेत आग्रह गरे ।
थाइल्याण्ड वुद्धमार्गीहरुको मुलुक भएको उल्लेख गर्दै नेपाल र थाईल्याण्ड बिच वुद्धिष्ट सर्किटको माध्यमबाट नेपालमा थाइ पर्यटक आगमनको लागि थाइ पर्यटन वोर्डले उल्लेखनीय भूमिका निर्वाह गर्नसक्ने भएकाले यसको लागि पहल गरीदिन समेत श्रेष्ठले राजदुत भोरासपसँग आग्रह गरेका छन् ।
त्यस्तै, नेपालको कृषि पर्यटन, व्यापार र आयोजनाहरुमा समेत सहभागि हुन चेम्बरले राजदुतसँग आग्रह गरेको छ ।
उक्त बैठकमा थाईल्याण्डका राजदूत भोसिताले नेपाली व्यवसायी संस्थाहरुसँंग सहकार्य गरी दुवै देशको आर्थिक सम्वन्ध विस्तारका लागि पहल गर्ने प्रतिवद्धता जाहेर गरे ।
पर्यटन क्षेत्र बिस्तारका लागि वुद्धिष्ट सर्किटको अवधारणा तथा थाइल्याण्ड र लुम्विनी वीचको सीधा हवाई सम्पर्कलाइ सकारात्मक रुपमा लिएको बताउँदै नवनियुक्त राजदुतले नेपाल र थाइल्याण्ड बीम्स्टेकको सदस्य राष्ट्र भएको दुइ मुलुकबीच आर्थिक सम्वन्ध बिस्तारका लागि थप प्रयास गरिने बताए ।
सोही अबसरमा उनले कोभिड–१९ को महामारी समाप्ती पश्चात दुवै मुलुकका व्यापारिक प्रतिनिधि मण्डलहरुको पारस्पारिक व्यावसायीक भ्रमण हुनेमा समेत विश्वास व्यक्त गरे ।



