काठमाडौं । भैरहवामा निर्माणाधीन गौतमबुद्ध विमानस्थलको दोस्रो चरणको संरचना निर्माण गर्न एसियाली विकास बैंकले १५ करोड अमेरिकी डलर (पौने १७.८८ अर्ब रुपैयाँ) ऋण लगानी गर्ने भएको छ । अर्थ मन्त्रालय र एसियाली विकास बैंकबीच उक्त वित्तीय लगानी सम्बन्धमा हस्ताक्षर भएको छ ।
काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले नेपाल र थाइल्याण्डबीच पर्यटन क्षेत्रको विकास एवंम विस्तारका लागि बैंकक–लुम्बिनी सिधा हवाइ सम्पर्क गर्न जोड दिएको छ । बुधबार राजधानीमा आयोजित नेपाल–थाइल्याण्ड चेम्बर बैठकमा चम्बेरले यस्तो आग्रह गरेको हो ।
काठमाडौं । नेकपाको (प्रचण्ड–नेपाल) पक्षले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई संसदीय दलको नेता चयन गरेको छ । सो पक्षका अर्का अध्यक्ष माधव कुमार नेपालले प्रचण्डलाई संसदीय दलको नेतामा प्रस्ताव गरेकोमा सर्वसम्मतिले दलको नेता चयन गरिएको हो ।
काठमाडौं । बुद्धिजीवी संगठन एवं विभिन्न पेसागत महासंघले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेर अलोकतान्त्रिक, पश्चगामी तथा गैरसंवैधानिक कार्य गरेको बताएका छन् ।
काठमाडौं । मुलुकमा विकसित पछिल्लो राजनीतिक घटनाक्रमप्रति निजी क्षेत्रका व्यवसामयीक संगठनहरु पनि बोल्न थालेका छन्। निजी क्षेत्रका तीनवटै संगठनले मुलुकका प्रमुख राजनीतिक दलहरू समक्ष संयमतापूर्वक निर्णय लिन आग्रह गरेका छन्।
काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले नेपालको न्यायपालिका संविधानले प्रत्याभूत गरेको स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिका तथा विधिको शासनको सुनिश्चितताका लागि प्रतिबद्ध रहेको बताएका छन् ।
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड–माधव समूहको संसदीय दलका नेता पुष्पकमल दाहाल प्रचण्डले संसद पुनस्र्थापित गरेर नयाँ सरकार बनाइने बताएका छन् ।
काठमाडौं । केपी शर्मा ओली समूह नेकपाले बुधबार सातै प्रदेश भेला गरिरहेका छन् । तर, सबै प्रदेशभेला राजधानी उपत्यकाका पार्टी प्यालेस र कलेजहरुमा आयोजना गरिएको छ ।
काठमाडौं । महान्यायाधिवक्ता कार्यालयको भवन उद्घाटन भएको छ । करिब साढे २ अर्ब अवधिमा निर्माण सम्पन्न भएको उक्त भवनको उद्घाटन बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका हुन् ।