काठमाडौं । नेपाल राष्ट्र बैंकले सुधार हुँदै गरेको अर्थतन्त्र पुनः प्रभावित भएको बताएको छ । बुधबार मुलुकको अर्थतन्त्रसम्बन्धी सर्वेक्षण प्रतिवेदन सार्वजनिक गर्दै राष्ट्र बैंकले निषेधाज्ञा जारी रहेकोले विस्तारै सुधार हुन लागेको अर्थतन्त्र पुनः प्रभावित हुने देखिएको उल्लेख गरेको छ ।
काठमाडौं । दैनिक उकालो लाग्दै र्आको सुन र चाँदीको भाउमा बुधबार भने सामान्य गिरावट देखिएको छ । बुधबार सुनको भाउ तोलामा १०० रुपैयाँले घटेको छ भने चाँदीको पनि तोलामा २० रुपैयाँले घटेको छ ।
काठमाडौं । सरकारले कोरोना विरुद्धको उपचारमा प्रयोग भइरहेको रेमडिसिभिर औषधिको आयातमा लाग्ने सम्पूर्ण कर, महसुल तथा शूल्क पूर्ण रुपमा छूट गरेको छ । अर्थ मन्त्रालयका अनुसार भन्सार उपशीर्षक ३००४.९०.९० मा पर्ने यो औषधिको आयातमा लाग्ने कर छूट दिइएको हो ।
काठमाडौं । उपप्रधानमन्त्री ईश्वर पोखरेलले काठमाडौंको गौशालामा निःशुल्क कोभिड आइसोलेशन केन्द्रको शुभारम्भ गरेका छन् । मारवाडी सेवा समितिले काठमाडौंको गौशालामा सुरु गरेको आइसोलेशन केन्द्रको उपप्रधानमन्त्री पोखरेलले बुधबार शुभारम्भ गरेका हुन् ।