काठमाडौं । नेपाल राष्ट्र बैंकले सुधार हुँदै गरेको अर्थतन्त्र पुनः प्रभावित भएको बताएको छ । बुधबार मुलुकको अर्थतन्त्रसम्बन्धी सर्वेक्षण प्रतिवेदन सार्वजनिक गर्दै राष्ट्र बैंकले निषेधाज्ञा जारी रहेकोले विस्तारै सुधार हुन लागेको अर्थतन्त्र पुनः प्रभावित हुने देखिएको उल्लेख गरेको छ ।