सुन र चाँदीको भाउमा सामान्य घट्यो |
काठमाडौं । दैनिक उकालो लाग्दै र्आको सुन र चाँदीको भाउमा बुधबार भने सामान्य गिरावट देखिएको छ । बुधबार सुनको भाउ तोलामा १०० रुपैयाँले घटेको छ भने चाँदीको पनि तोलामा २० रुपैयाँले घटेको छ ।
यस दिन छापावाला सुन प्रतितोला ९३ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ भने तेजाबी सुन ९२ हनमर ८०० रुपैयाँमा खरिद बिक्री भइरहेको छ ।
अघिल्लो दिन मंगलबार छापावाला सुन प्रतितोला ९३ हजार ४०० र तेजाबी सुन प्रतितोला ९२ हजार ९०० रुपैयाँमा खरिद बिक्री भएको थियो ।
यस दिन चाँदीको भाउ पनि तोलामा २० रुपैयाँले घटेर प्रतितोला १ हजार ३७० रुपैयाँ कारोबार भइरहेको छ ।


