काठमाडौं । गरिब मुलुकहरु कोरोना खोप अभावमा छटपटाइरहेका बेला धनी मुलुकहरुलाई भने बेग्लै तनाव छ । अमेरिका, बेलायत लगायतका धनी देशहरु आफ्ना नागरिकलाई चाहिने भन्दा निकै धेरै खोप थुपारेर त बसिरहेका छन्, तर उनीहरुको नागरिकले खोप लगाउन नमानेर सरकार हैरान छ ।