काठमाडौँ । सरकारले नारायणहिटी दरबार संग्रहालयदेखि त्रिपुरेश्वरस्थित दशरथ रंगशालासम्मको क्षेत्रलाई सेन्ट्रल पार्कको रूपमा विकास गर्ने भएको छ । आगामी आर्थिक वर्षको लागि विनियोजित बजेटमा यसको लागि पनि बजेट विनियोजन गरेको अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिए ।